दमक, २१ असार । एमालेका अध्यक्ष केपी ओलीले एक/दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नगर्ने बताएका छन् ।
गृह जिल्ला झापामा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले संविधानको प्रस्तावित मस्यौदाप्रति असहमति राखेर केही समूहले जलाउँदै हिँड्नुमा कुनै तुक नभएको बताए ।
उनले भने, ‘यो ऐतिहासिक अवसर भएकाले केहीले विरोध गर्दैमा बाधा पुग्दैन । संविधान जारी भएर छाड्छ ।’
उनले केही नपुगेका विषय भएपछि संशोधन गर्न सकिने भन्दै अध्यक्ष ओलीले अव संविधान साउनको दोस्रो सातासम्ममा आएरै छाड्ने बताए ।
अध्यक्ष ओलीले संविधान निर्माणपछि मुलुक समृद्ध र लोकतन्त्रको संस्थागत विकासतर्फ अगाडि बढ्ने दाबी गरे ।
प्रतिक्रिया