कलश होटेलको किचनबाट हतियार बरामद

pestol-photoरुपन्देही, १८ असार । रुपन्देहीमा प्रहरीले हतियार देखाई धनमाल डाँका चोरी गरी फरार रहेका चार जनालाई हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका–१० बस्ने विश्वास श्रेष्ठ, विकाश न्यौपाने, मैनिहवा–१ बस्ने प्रभु दयाल हरिजन र बर्दिया खैरापुर–९ घर भई बुटवल नगरपालिका–१३ बस्ने निरु गुरुङ रहेका छन् ।

उनीहरूबाट प्रहरीले १/१ राउण्ड गोली लोड भएको पेस्तोल २ थान, कटुवा पेस्तोल १ थान, खाली कटुवा पेस्तोल १ थान र घटनामा प्रयोग भएको मोटरसाइकल २ थानसमेत बरामद गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

असार १३ गते बुटवल उपमहानगरपालिका–१४ ढवाहमा रहेको सिद्धार्थ हाडवर्यरबाट पेस्तोल देखाई धनमाल डाका चोरी गरी फरार रहेका उनीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

घटनामा प्रयोग भएको हतियार बुटवल नगरपालिका–१० स्थित न्यु कलश होटलमा काम गर्ने विकास न्यौपानेलाई राख्न दिएको खुल्न आएपछि खटिएको प्रहरीले होटलको किचनमा लुकाई छिपाइ राखेको अवस्थामा उक्त हतियार बरामद गरेको विज्ञिप्तमा उल्लेख छ ।

प्रतिक्रिया