‘सौर्य’ दैनिक पत्रिकाको अनलाइन संस्करण २० चैतदेखि नयाँ कलेवरमा आएको छ ।
पाठकहरूको रुचि र चाहनालाई प्रमुख आधार बनाई अगाडि बढ्न प्रयासरत ‘सौर्य’ ले यस्ता सुधारकार्य अंगीकार गर्दै आफूलाई पाठक एवं समय अनुकूल बनाउँदै लैजाने छ । पाठक र शुभेच्छुकहरूको साथ एवं सदाशयता हाम्रो अमूल्य सम्पत्ति हो ।
पछिल्लो केही समय स्थगित रहेर गत फागुन २७ गतेदेखि पुनः सुरु भएको यस अनलाइन संस्करणको मोबाइल भर्सन पनि सुरु गरिएको छ । यसका लागि पाठकले www.souryadaily.com मा लगिन गरी आफ्नो मोबाइलमा हेर्न सक्नुहुनेछ ।
देश, जनता, राष्ट्रियता र लोकतन्त्रको सक्षम पहरेदारका रूपमा आफूलाई उभ्याउने ‘सौर्य’ को प्रतिबद्धता यस अवसरमा हामी एकपटक पुनः स्मरण गर्न चाहन्छौं ।
प्रतिक्रिया