काठमाडौं, २० चैत । प्रहरीले ११ वर्ष पहिले सामूहिक बलत्कारपछि सन्ध्या राजवंशीको हत्यामा कसुर ठहरिएका एक जनालाई पक्राउ गरेको छ ।
झापा चन्द्रगढी– ३ का मनोज खड्कालाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आज काठमाडौंको थापागाउँबाट पक्रउ गरेको हो ।
२०५७ सालमा सोही ठाउँकी राजवंशीलाई खड्कासहित तीन जनाको समूहले सामूहिक बलत्कार गरी हत्या गरेको थियो ।
सर्वोच्च अदालतले ५ वर्षअघि २०६६ सालमा खड्कासहित ३ जनालाई मुलुकी ऐनअन्तर्गत जन्मकैदको सजायको फैसला गरेको थियो ।
फैसलापछि ३५ वर्षीय खड्का फारार रहेका थिए । राजवंशीलाई उनी लगायत ३ जनाको समूहले साँझ साढे ८ बजेतिर गर्मीमा हावा खाना जाउँभन्दै बोलाएर नजिकैको चारआली जंगलमा सामूहिक बलत्कार गरेका थिए ।
तीन जनामध्ये सीताराम बस्नेतलाई अनुसन्धान व्यूरो टोलीले मंसिरमा कोटेश्वरबाटै पक्राउ गरेको थियो । अर्का भने फरार रहेको प्रहरी उपरीक्षक किरण बज्राचार्यले पत्रकारसम्मेलनमा जानकारी दिए ।
बलत्कारपछि घटना लुकाउन उनीहरूले राजंवशीको सोही जंगलको घाँटीथिची हत्या गरेका थिए ।
हत्यापछि आफैंले आत्महत्या गरेको देखाउन उनीहरूले घाँटीमा डोरी लगाइ बकेनाको रुखमा झुण्डाएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए । आरोपित दुबैलाई जन्मकैदको सजाय पाउने उनले जानकारी गराए ।
प्रतिक्रिया