पार्किङ गरी राखिएको बसमा आगजनी

dangदाङ, २९ कात्तिक । दाङ जिल्लामा पार्किङ गरी राखिएको बसमा आगजनी भएको छ ।

तुलसीपुर नगरपालिका–५ निवासी प्रितमकुमार श्रेष्ठको ना ३ ख ९६९६ नम्वरको बसमा अपरिचित समूहले आज (शुक्रबार) विहान आगजनी गरेको प्रहरीले जनाएको छ । अपरिचि समूह विहान करिव चार बजे बसमा आगजनी गरेको हो ।

आगजनीबाट बसका अगाडीको भाग जलेको छ । बसमा लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायतामा नियन्त्रणमा लिईएको थियो । आगजनी गर्ने समूहको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रहरीको स्कर्टिङमा बिहीबार काठमाडौंबाट यात्रु लिएर आएको थियो । प्रहरीले नेकपा–माओवादीका कार्यकर्ताले जलाएको अनुमान गरेको छ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंसिर–६ गते सम्म यातायात बन्द आह्वान गरेको छ ।

यातायात बन्दको कार्यक्रमलाई प्रभावकारी बनाउन नेकपा–माओवादीसहितका दलले सवारी साधनमा तोडफोड र अगजनी गर्दै आएका छन् ।

प्रतिक्रिया