धनुषा, २६ कात्तिक । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीको विखण्डनकारी सोंचले देश अधोगति तर्फ जाने टिप्पणी गरेका छन् ।
धनुषामा आज (मंगलबार) भएका कार्यक्रममा नेता नेपालले एमाओवादीले जातीय संघीयताको कुरा गरेर उचित नगरेको बताए ।
‘एमाओवादीको विखण्डनकारी सोच र जातीय आधारमा संघीयतामा जाने कुराले देशलाई अधोगति तर्फमात्र लैजाने छ,’ उनले भने ।
उनले एमालेको बहुमत आए बहु–पहिचानयुक्त संघीयता दिने बताए । उनले बहु–पहिचानयुक्त संघीयताले मात्रै देशको स्थायित्व र राष्ट्रिय अखण्डता जोगिने बताए ।
प्रतिक्रिया