लोभलालचको राजनीतिमा एमाओवादी

JN-Khanalसर्लाही, २६ कात्तिक । एमालेका अध्यक्ष झलनाथ खनालले जनतालाई लोभलालच देखाएर चुनाव जित्ने प्रपन्चमा एमाओवादी लागेको आरोप लगाएका छन् ।

सर्लाहीको क्षेत्र नम्बर १ मा आज (मंगलबार) आयोजित कार्यक्रममा खनालले एमाओवादीले जनतालाई ढाटेर चुनाव जित्न खोज्ने बताए । उनले एमाओवादीको लोभलालचको राजनीतिक प्रबृत्तीले मुलुकमा दुर्भाग्य निम्ताएको बताए ।

‘आश्वासन पोको बाँडेर चुनाव जित्छु भन्नु मुर्खता भन्दा अरु केही हुँदैन,’ उनले भने, ‘सचेत जनताले पार्टी र उम्मेदवारलाई आफै मत दिने छन् ।’

बन्द र हड्तालको बिरोध गरेका एमाले अध्यक्ष खनालले सधैका लागि बन्दको अन्त्य गर्नुपर्ने बताए । ‘बन्द, हड्ताल गर्नेहरुको मुख नै बन्द गर्न जनता जाग्नु पर्छ,’ उनले भने ।

प्रतिक्रिया