‘प्रचण्ड सिद्धान्तहीन’

सर्लाही, २६ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले एमाओवादी लाई सिद्धान्तहीन पार्टी भएको आरोप लगाएका छन् । सर्लाहीको क्षेत्र नं. १ अन्तर्गत भक्तिकोटमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले यस्तो आरोप लगाएका हुन् । ‘एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजस्तो विचार र सिद्धान्तविहीन नेताले मुलुकलाई सही दिशामा अघि बढाउन सक्दैनन्,’ उनले भने, ‘खहरे जस्तो वग्ने पार्टीले अहिलेको अवस्थामा पहिलो बन्ने सपना देख्नु हुटिट्याउाले आकाश थाम्छु भने सरह हो ।’ उनले संविधानसभा निर्वाचन मुलुकलाई नयाा बाटो देखाउने माध्यम भएकाले नागरिकले सही विचार र नेतृत्व चुन्नुपर्ने बेला आएको बताए । ‘एमालेप्रति देखिएको आकर्षणले अब मुलुकको नेतृत्व एमाले बाहेक कसैले गर्न नसक्ने पुष्टि भएको छ,’ उनले भने ।

मतदाता भेटघाट कार्यक्रममा खनालले जस्तोसुकै बन्द हड्ताल र चुनाव विराधी गतिविधि गर्न खोजे पनि आगामी ४ मंसिरमा संविधानसभाको निर्वाचन भएरै छाड्ने दाबी गरे । नेकपा—माओवादीले गरेको बन्दप्रति लक्षित गर्दै उनले भने – ‘निर्वाचन र मानव अधिकारविरोधी गतिविधि मुलुकमा संचालन गर्न खोज्ने दलहरु जनताबाट स्वत: बढारिने छन् ।’

प्रतिक्रिया