बन्द गराउने माओवादी कार्यकर्ता पक्राउ

खोटाङ, २६ कात्तिक । खोटाङमा आगामी संविधान शभाको निर्वाचन बहिस्कार गर्न सांकेतिक विरोध शुरु गरेको नेकपा–मओवादीको एक कार्यकर्ता सोमबार पक्राउ परेका छन् । सदरमुकाम दिक्तेलको रत्नपार्क क्षेत्रमा जबरजस्ती पसल बन्द गराउादै हिडेका नेकपा–माओवादी खोटाङका जिल्ला सचिवालय सदस्य टीकाराम राई पक्राउ परेका हुन् ।

जबरजस्ती बजार बन्द गर्दै हिडेका नेकपा–माओवादीका कार्यकर्ता राईलाई सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । माओवादीले बन्दको आव्हान गरेपछि सोमबार बिहानैदेखि खटिएको सुरक्षाकर्मीको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताए । शाहका अनुसार जिल्लामा बन्द गराउादै हिड्ने जोसुकैलाई नियन्त्रणमा लिइनेछ । उनले भने, ‘गृह मन्त्रालयबाट आएको निर्देशन अनुसार आफूहरुले पनि सुरक्षा व्यवस्था कडा पारेका छौं ।’ उता, आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले ठाडो हस्तक्षेप गरेकोमा दु:ख व्यक्त गर्दै तत्काल नछाडिए थप कडा आन्दोलन गर्ने नेकपा–माओवादी जिल्ला ईन्चार्ज ध्रुव बुढाथोकी “धिरेन”ले बताए ।‘ पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिना कारबाही तत्काल रिहा नगरे कडा आन्दोलन गर्नेछौं ।’ धिरेनले बताए ।
माओवादीको जिल्ला बन्दको आव्हान गरेपछि ठाउठाउामा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । जिल्लामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना समेत परिचालन गरिएको छ । बन्दको हल्लाले जिल्लाका शैक्षिक संस्था, यातायात सेवा तथा बजारपसलमा सामान्य प्रभाव परेको छ । बन्दकर्ताहरु बन्द गर्दै नहिाडेपनि हल्लाले प्रभाव पारेको एक स्थानिय व्यापारीले बताएका छन् ।

प्रतिक्रिया