‘लोकतान्त्रिक संविधान निर्माणका लागि कांग्रेस’

Ramchandra-Poudelखोटाङ, २६ कात्तिक । लोकतान्त्रिक संविधान बनाउन कांग्रेसलाई जिताउनु पर्ने नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताएका छन् । काग्रेस खोटाङले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को खोटाङबजारमा सोमबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताए ।

उपसभापति पौडेलले नेपाली जनताले कांग्रेसलाई जिताए एक वर्षभित्र लोकतान्त्रिक संविधान बन्ने ठोकुवा गरे । उनले भने , ‘पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेस हार्‍यो त्यसैले संविधान बन्न सकेन ।’ उनाले अघि भने , ‘दिगो शान्ति, विकास र लोकतान्त्रिक संविधानका लागि नेपाली जनताले कांग्रेसलाई जिताउने छ ।’
उपसभापति पौडेलसागै खोटाङ आएकी कांग्रेस नेतृ सुजता कोइरालाले लोकतान्त्रिक संविधानका लागि कम्युनिष्ट नेताहरूलाई जिताउन नहुने बताइन् । पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेतृ कोइरालाले, ‘गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुादा संविधानसभाको चुनाव भयो, कोइरालाले भनीन्े, ‘पछिल्लो अवधिमा नेपालमा चार जना कम्युनिष्ट नेताहरू प्रधानमन्त्री हुादा देशले निकास पाउन सकेन र संविधान पनि बन्न सकेन ।’ संविधानसभाको निर्वाचनमा ठूलो दल बनेको एकीकृत नेकपा माओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईले आफू असफल भएपछि प्रधानन्यायधिशलाई सरकार सुम्पिएकाले फेरि पनि असफल बन्ने भएकाले कांग्रेसलाई दुई तिहाइ बहुमतले जिताउनु पर्नेमा उनले जोड दिइन्े । ‘संविधान बनाउनका लागि पनि कांग्रेसलाई जिताउनु पर्छ ।’ कोइरालाले थप्नुभयो ‘फेरी माओवादीले जिते मुलुक अन्धकारतर्फ धकेलिन्छ ।’
नेता पौडेल र नेतृ कोइराला हेलिकप्टर मार्फत खोटाङ आएका हुन् । ओखलढुङ्गाको चुनावीसभालाई सम्बोधन गरेर दिउसो सााडे चार बजे खोटाङ ओर्लिएका उनीहरुले काग्रेस क्षेत्र नम्बर–२ को चुनावीसभालाई सम्बोधन गरेका हुन् । उनीहरु आधा घण्टाको कार्यक्रमपछि हेलिकप्टर मार्फत सिंन्धुली गए ।

प्रतिक्रिया