नवदुर्गा भवानीको पूजा

Nawav Durgaकाठमाडौं । हिन्दू नेपालीहरुको महान चाड दशैंको नवौं दिन आज शक्ति स्वरुपा सिद्धिदात्री भवानीको पूजाअर्चना गरी मनाइँदैछ ।
महानवमी समेत भनिने आज (आइतबार) घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा विभिन्न शक्ति पिठमा चढाइने चलन छ ।
नवदुर्गा भवानीको नवौं शक्ति मानिने महासिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।
विशुद्ध सुन समान चम्किलो देदिप्यमान वर्णकी दुर्गा भवानी अत्यन्त सौन्दर्य मुखि हुनुका साथै सधैं सौम्य र शान्त मुद्रामा रहने विश्वास गरिन्छ ।
चार हातमा शंख, चक्र, गदा र कमलको पूmल धारण गर्ने देवीले राता वस्त्र पहिरी दिव्य आभूषणमा सजिएर कमलको पूmलमा बसेर सिंहमाथि सवार गर्छिन भन्ने विश्वास रही आएको छ ।
देवी सिद्धिदात्रीले नवदुर्गा भवानीको प्रमुख शक्तिका रुपमा त्रिपुरासुन्दरी देवीको रुप धारण गर्छिन भनिन्छ ।
हिन्दूहरुले विभिन्न धार्मिक महत्वका शक्ति पीठहरुमा दुर्गा भवानीलाई प्रसन्न पार्न भक्तिपूर्वक पूजा अर्चना गरिरहेका छन ।

प्रतिक्रिया