पूर्वराजदूत शर्मा मालेमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमाले परित्याग गर्दै म्यानमारका पूर्व नेपाली रातदूत बनिसकेकी गुणलक्ष्मी शर्मा (खाती) चालीस वर्षअघि लागेको पार्टी नेकपा (माले) मा प्रवेश गरेकी छिन् ।
शर्मा सुस्पाक्षमावती गाविस ४ की स्थायी बासिन्दा हुन् । २०३० सालदेखि नेपाल कम्युनिस्ट पार्टी(माले) मा आबद्ध शर्मालाई नेकपा एमालेले समानुपातिकमा सिफारिस नगरेपछि पार्टीसँग रुष्ट बनेकी खातीले एमाले परित्याग गरेको बताइन् । उनले भनिन्, ‘एमालेले लिएको विचार, कार्यशैली र दलितहरूप्रतिको दृष्टिकोण सकारात्मक नरहेको हुँदा पार्टीप्रति असहमत भई संगठति सदस्यबाट समेत राजीनामा गरेको हँु ।’ नेकपा(माले) का दोलखा— रामेछाप इन्चार्ज टीका विश्वकर्माका अनुसार उनलाई दोलखाको क्षेत्र नं २ बाट सामानुपातिकको उम्मेदवारमा सिफारिस गरेको बताइएको छ ।

प्रतिक्रिया