मूल्यवृद्धि फिर्ताको माग गदै थपआन्दोलन घोषणा

काठमाडौ, ९ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएपछि विद्यार्थी संगठनहरूले थपआन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार १८ विद्यार्थी संगठनको संयुक्त बैठकले सरकारले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिएको भन्दै थपआन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । विद्यार्थी संगठनहरूले मंगलबारसम्म मूल्य फिर्ताको लागि अल्टिमेटम दिएका थिए ।

नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले सरकारले मूल्य फिर्ता नगरेकोले थपआन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी गराए । उनका अनुसार बुधबार सरकारी गाडी चल्न नदिने र क्याम्पसअगाडि प्रर्दशन गर्ने, १० गते आयल निगम धेर्ने तथा कालो झण्डा प्रर्दशन गर्ने र ११ गते प्रधानमन्त्री निवासअगाडि प्रर्दशन गर्ने जस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त आन्दोलनबाट सरकारले मूल्यवृद्धि फिर्ता नलिए थपआन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने लामिछानेले बताए ।

प्रतिक्रिया