चुनाव सार्न सकिन्छ : एमाले

काठमाडौं, १ असोज । एमालेले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा संविधानसभा चुनावमा आउने भए ४ मंसिरका लागि घोषित मिति केही दिन सार्न सकिने जनाएको छ ।
एमाले मुख्यालय बल्खुमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले मंसिर महिना नकटाउने गरी चुनावको मिति सार्न सकिने निष्कर्ष निकालेको हो । ‘नेकपा–माओवादी नेतृत्वको मोर्चाले साँच्चै चुनाव चाहेको हो र उक्त मोर्चा चुनावमा आउन तयार छ भने एमाले केही दिनका लागि चुनाव मिति सार्न तयार छ,’ बैठकमा सहभागी सिद्धिलाल सिंहले भने, ‘तर, मिति सारे पनि चुनावचाहिँ मंसिरभित्रै गर्नुपर्छ भन्ने एमालेको धारणा छ ।’
नेकपा–माओवादीले अघि सारेको चार बुादामध्ये अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने मागमा भने एमालेले सहमत हुन नसकिने दोहोर्‍याएको छ । पार्टीको चुनावी तयारी, उम्मेदवारको नामावली सिफारिसलगायत विषयमा छलफल हुने भनिए पनि बैठकमा उक्त विषयले प्रवेश नपाएको एमालेले जनाएको छ ।
लक्ष्मी जोशी, श्याम बजगाई, ज्ञानु भण्डारी, लोकेश निरौला, रन्जु ज्ञवाली, आरती लामा, सुदिप शर्मा दिनेश आचार्य लगायत छन् ।
मल्ल प्यालनबाट उपाध्यक्षमा नवराज पौडेल, रश्मी आचार्य, बच्चन सिंह, राजकुमार राई, सिपी घर्ती मगरलगायतको दाबी छ । महासचिवमा रचना खड्काको चर्चा छ । सिंहले महासचिवमा पनि दाबी गरेका छन् । सचिवमा सुनीता बराल, दीपा शर्मा, बाबुराम पन्थी, जीवन राई, महेश बर्तौला, ऐन महर, विवेक श्रेष्ठलगायतको चर्चा छ । सचिवालयमा तुलसीराम मैनाली, झपिन्द्र खत्री, अशेष घिमिरे, छवि चुडाल, सम्झना अधिकारीलगायतको चर्चा छ ।
मल्लसग कुरा नमिले राईले उपाध्यक्षमा महेश पन्त, सिपी घर्ती मगर र खुसीलाल चौधरी उठाउने घोषणा गरिसकेका छन् । उनले महासचिवमा सरोज यादव र सचिवमा ऐन महरालाई अघि सारेका छन् ।
लामाले लम्सालसग कुरा नमिले उपाध्यक्षमा खगेन्द्र खनाल, विष्णु चन्द, सिपी घर्ती मगर, चिरञ्जीवी पौडेल र महासचिवमा दिपक गौतमलाई लिएर प्यानल बनाउने देखिएको छ । कोषाध्यक्षमा कमल बस्नेतको चर्चा चलेको छ ।

प्रतिक्रिया