निर्वाचन सार्ने षड्यन्त्र भईरहेको छ : महतो

Resham-Chaudhari-n-Rajendraकाठमाडौं, २८ भदौ । सदभावन पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंसिर–४ गतेको चुनाव सार्ने षड्यन्त्र भईरहेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा अध्यक्ष महतोले मंसिरको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने बताए । ‘घोषित निर्वाचन सार्ने षडयन्त्र चलिरहेको छ,’ उनले भने, ‘कुनै पनि हालतमा मंसिरमै हुनु पर्छ ।’
अध्यक्ष महतोले संविधानसभाको निर्वाचन नहुँदासम्म खिलराज रेग्मी नेतृत्वको सरकार परिवर्तन नहुने बताए । उनले निर्वाचन अघि सरकार परिवर्तनको कुरा असंभव रहेको बताए ।
‘निर्वाचन अघि सरकार परिवर्तन नगर्ने सहमति भएको छ,’ उनले भने, ‘सरकार परिवर्तनको कुरा गर्नु निर्वाचन नचाहनु हो ।’
अध्यक्ष महतोले सुदूरपश्चिममा थरुहट र बाँकी जिल्लालाई अखण्ड सुदूरपश्चिम बनाए पनि मान्य हुने बताए । उनले यस अघि एक मधेश प्रदेशको माग गर्दै आएका थिए ।
यसबीच, संगीतकर्मी एवं सञ्चारकर्मी रेशम चौधरी सदभावना पार्टीमा प्रवेश गरेका छन् । उनलाई अध्यक्ष महतोले पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

प्रतिक्रिया