भारतीय नयाँ राजदूत राजनीतिक भेटवार्तामा

काठमाडौं, २५ भदौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भारतीय राजदूत रञ्जित रे’बीच भेटबार्ता भएको छ ।
नेता नेपालको कोटेश्वरस्थित निवासमा आज (मंगलबार) भएको भेटबार्तामा पछिल्लो राजनीतिक अवस्था, आसन्न संविधानसभाको निर्वाचन तथा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको हो ।
हालैमात्र नेपालका लागि भारतको नयाँ राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न आई पुगेका राजदूत रे’ले राजनीतिक भेटवार्ता शुरु गरेका हुन् ।
नेता नेपालले भेटका क्रममा राजदूत रे’लाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
‘विकसित समझदारी तथा संविधानसभाको आसन्न निर्वाचनको तयारीका सन्दर्भमा भएका प्रयत्नहरुबारे नेता नेपालले राजदूत रे’लाई गराउनु भएको छ,’ नेता नेपालको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रत्युत्तरमा भारतीय नवनियुक्त राजदूत रे’ले नेपालको जारी संक्रमणकालको अन्त्य गरी आर्थिक विकासको बाटोमा छिट्टै अघि बढ्न सुझाव दिए ।

प्रतिक्रिया