सोलुमा केन्द्रीय सदस्य केसीको नाम ‘चट’

Balbahadur kcसोलुखुम्बु, १९ भदौ । कांग्रेस सोलुखुम्बुमा उमेद्धवार सिफारिसमा चरम विवाद भएपछि दुई अलग अलग समूहले नाम सिफारिस गरी केन्द्रमा पठाएका छन् ।
केन्द्रीय सदस्य बलबहादुर केसीको नाम सभापति आङगेलु शेर्पा पक्षले सिफारिस नगरेपछि विवाद छताछुल्ल भएको हो । केसी निकटका जिल्ला सचिव भोजराज कार्की पक्षले आज (बुधबार) अर्को उमेदवारको नामवाली केन्द्रमा पठाएको छ ।
सभापति शेर्पा पक्षले भने मंगलवार नै उमेद्धवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो ।
संस्थापन पक्षले प्रत्यक्ष तर्फ सभापति शेर्पा, खिलराज बस्नेत र मंगलसिंह तामाङको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा र संविधानसभा सदस्यको निर्वाचनमा लगातार केसी निर्वाचित बन्दै आएका थिए ।
केसीको नाम सभापति शेर्पा पक्षले सिफारिस नगरेकाले अर्को नामावली सिफारिस गरिएको जिल्ला सचिव कार्कीले जानकारी दिए ।
सचिव कार्की पक्षधरले भने प्रत्यक्ष तर्फ बलबहादुर केसी, रामबहादुर बस्नेत, प्रेमबहादुर थापामगरको नाम सिफारिस गरेको छ ।
सचिव कार्की पक्षले समानुपातिकमा श्रीलाल थापामगर, बिनोदकुमार बस्नेत, भोजराज कार्की, जीतबहादुर राई, खिन्डी ल्यामु शेर्पा, धनराज राई, प्रेमा तामाङ, पदमबहादुर नेपाली, मनोज खड्का र सरला नाथेनी रहेका छन ।
कार्कीका अनुसार खड्का र नाथेनी सहिद परिवारका तर्फबाट समानुपातिकमा उमेद्धवार बनाइएका हुन् ।
समानुपातिक तर्फ शेर्पा पक्षले गोकर्ण राई, पुरुषोत्तम बस्नेत, भूपराज बस्नेत, छत्रध्वज बस्नेत, टंकीमाया बस्नेत लगायत नौ जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेसका पूर्व प्रेस बिभाग प्रमुख पुरुषोत्तम बस्नेत अघिल्लो संविधानसभामा समेत समानुपातिक तर्फबाट सभासद रहेका थिए ।

प्रतिक्रिया