हेलो सरकार ! ‘प्याजको मूल्यले सास्ती बनायो’

sarkar logoकाठमाडौं, १७ भदौ । गुनासो सुन्न बनाईएको ‘हेलो सरकार’मा साउन महिनामा आएका दर्जन बढि उजुरी मध्ये दुई वटा सरकारको टाउको दु:खाईको विषय भएको छ ।
सिंहदरबारमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले प्याजको मूल्य बृद्धि र घरमालिकले दु:ख दिएको गुनासो ‘हेलो सरकार’मा आएको जानकारी दिए ।
साउन महिना भरि छ सय ४८ गुनासो प्राप्त भएका थिए । प्राप्त गुनासा मध्य ५ सय ७८ वटा गुनासाको फछ्यौट भएको बास्कोटाले जानकारी दिए ।
‘हेलो सरकार’ स्थापना भएदेखि हालसम्म २४ हजार ६ सय ३१ गुनासो प्राप्त भएका थिए । सो मध्ये २४ हजार ८३ फछ्यौट भईसकेका छन् ।
सडक मर्मत नभएका, तालिका भन्दा बढि समय लोडसेडिङ्ग भएको, प्याजको मूल्य बढेको, समयमा परीक्षाफल प्रकाशित नभएको, मोवाईलको सेवा गुणस्तरहीन भएको, पहिरो गएको, कर्मचारीको समान पोषाक हुनुपर्ने, सरकारी अड्डामा चानचुन फिर्ता नपाईएकोलगायतका गुनासो आएको सचिव बास्कोटाले बताए ।
वर्षामा खोला तर्न नसकिएको देखि सामुदायिक स्कूल नि:शुल्क हुनुपर्ने, पाठ्यपुस्तक उपलब्ध नभएको, सार्वजनिक जग्गा अतिक्रमण, यातायात सिण्डीकेट हट्नुपर्ने, कर्मचारीले पैसा मागेको, वृद्ध भत्ता नपाईएको सम्मका गुनासा पनि ‘हेल्लो सरकार’मा आएका छन् ।

प्रतिक्रिया