पहिरोमा पुरिएर दुई सरकारी कर्मचारीको मृत्यू

Rolpa District

रोल्पा, २७ असार । रोल्पा र प्यूठानको सीमानास्थित बाटोमा गुडिरहेको गाडी पहिरोमा पुरिँदा दुईजना सरकारी कर्मचारीको मृत्यू भएको छ ।
प्यूठानको गोठिबाङ–२, लामाचौरमा गुडिरहेको गाडीलाई माथिबाट आएको पहिरोले आज (बिहीबार) पुरिँदा रोल्पा जिल्ला विकास समितिको कार्यालयमा कार्यरत कर्मचारीको मृत्यू भएको हो । पहिरोमा पुरिएर एकजना गम्भीर घाईते भएका छन् ।
मृत्यू हुनेमा रोल्पाको लिबाङ् निवासी इञ्जिनियर देवराज आचार्य र दैलेख घर भई जिल्ला विकास समिति रोल्पामा कार्यरत प्राविधिक लोकबहादुर खड्काको मृत्यू भएको प्रहरीले जनाएको छ ।
आचार्यको घटनास्थलमै मृत्यू भएको थियो । खड्काको जिल्ला अस्पताल रोल्पामा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
रोल्पा लिवाङ–६ का भुवन श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ ।
रोल्पाबाट दाङतर्फ गइरहेको बा.१ झ. ८८२३ नम्बरको रोल्पा जिविसको सरकारी गाडी बिहान करीव ७ बजेतिर पहिरोमा पुरिएको थियो ।

प्रतिक्रिया