राष्ट्रपति र अर्थमन्त्रीबीच बजेटमा परामर्श

rambaran yadav2काठमाडौं, २४ असार । राष्ट्रपति डा.रामवरण यादवलाई अर्थमन्त्री शंकर कोइरालाले आगामी बजेटका बारेमा जानकारी गराएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (सोमबार) भएको भेटबार्तामा अर्थमन्त्री कोइरालाले डा.यादवलाई नयाँ बजेटका बारेमा जानकारी गराएका हनु् । डा.यादवले चुनावी सरकार भएकाले बजेट ल्याउन ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।
सरकारले अध्यादेश मार्फत् नयाँ बजेट ल्याउने तयारी गरिरहेका बेला डा.यादवले सो विषयमा अर्थमन्त्रीसँग छलफल गरेका हुन् ।
राष्ट्रपति डा.यादवसँगको भेटका लागि अर्थमन्त्री कोइरालासँगै अर्थसचिव शान्तराज सुवेदी र अर्थमन्त्रीका सल्लाहकार चिरञ्जीवी नेपाल पनि गएका थिए ।

प्रतिक्रिया