एमाओवादीद्धारा १८ विघाहा जग्गा कब्जा

maobadiचितवन(पटिहानी), १५ असार । एमाओवादीको भातृ संगठन अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले पश्चिम चितवनको पटिहानी गाविस ३ स्थित एक व्यवसायीको जग्गा कब्जा गरेको छ । जग्गा व्यवसायी कुमारदास श्रेष्ठको नाममा रहेको १८ विघाहा ४ कठ्ठा १५ धुर जग्गा संगठनमा आवद्ध कार्यकर्ताले आज झण्डा गाडेर कब्जा गरेका हुन् । श्रेष्ठले गरिब तथा दलितलाई झुक्याएर उनीहरु बस्दै आएको गौचरणको रुपमा रहेको जग्गा आफ्नो नाममा दर्ता गरेको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष शिव रेग्मीले बताए । उनका अनुसार २०५९ सालमा समेत झण्डा गाडेर जग्गा कब्जा गरेका थिए । जसको जोत उसैको पोत भन्ने अभियान अन्र्तगत जग्गा कब्जा गरिएको भन्दै उनले दलितहरुको उठिबास लगाएर जग्गाको खरिद बिक्री गर्न खोजिएपछि बिक्री रोक्न कब्जा गरेको बताए ।
श्रेष्ठले २४ विघाहा जग्गा मध्ये ६ विघाहा जग्गाको पहिला नै बिक्री गरेका थिए । कब्जा जग्गा कुनै हालतमा पनि फिर्ता नगरिने र सो जग्गा दलित गरिबलाई दिलाएर छाड्ने एमाओवादी चितवनका ईन्चार्ज धनश्याम दाहालले जानकारी दिए ।

प्रतिक्रिया