थ्रेसहोल्डमा दलहरुको आ आफ्नै अडान

काठमाडौं, १९ जेठ । निर्वाचनसम्बन्धि अध्यादेशमा सहमति जुटाउन बसेको उच्चस्तरीय राजनीतिक संयन्त्र अन्तर्गतको कार्यदलको बैठकमा नेताहरुले आफ्नो पूर्ववर्ती अडान दोहोर्‍याएपछि बिना सहमति टुंगिएको छ ।
आज नयाँ बानेश्वरमा बसेको बैठकमा कार्यदलमा रहेको एमाओवादी र मधेशी मोर्चाका तर्फबाट सहभागि नेताहरुले थ्रेसहोल्ड राख्न नहुनेमा जोड दिए भने नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले एक प्रतिशतको व्यबस्था कायम गर्नुपर्ने अडान राखे । दलहरुबीच थ्रेसहोल्ड लगायतका बिषयमा विबाद कायमै हुँदा सरकारले निर्वाचन सम्बन्धि ऐन निर्माण गर्न सकेको छैन । जसका कारण संविधान सभा निर्वाचन मिति घोषणा गरिएको छैन । एमाओवादी नेता कृष्णबहादुर महरालो थ्रेसहोल्ड र फौजदारी अभियोग लागेका व्यक्तिलाई चुनावमा उम्मेदवार हुन दिने या नदिनेमा विबाद कायम रहेपनि यसअघि भएको ११ बुँदे सहमति र २५ बुदे बाधा अड्काउ फुकाउको भने अक्षरश पालना गर्नेमा सबै सहमत भएको बताए । भोली बिहान शीर्ष नेताहरुको बैठकबाट सहमतिमा पुगिने एमाले नेता रघुजी पन्तले बताए ।

प्रतिक्रिया