असन्तुष्ट दलहरू चुनावमा आउने बोगटीको दाबी

नुवाकोट, ५ जेठ । एकीकृत माओवादी महासचिव पोष्टबहादुर बोगटीले मंसिरमा हुने संविधानसभाको दोस्रो चुनावमा सबै दलले सहभागिता जनाउने बताएका छन् । अहिले चुनावमा सहभागी हुँदैनौँ भनेर विरोध गरिरहेका दलहरू पनि मिति घोषणापछि चुनावमा होमिने बोगटीको दाबी छ ।
नुवाकोटको तुप्चे–५ स्थित रत्न माविको स्वर्णजयन्तीको उद्घाटन गर्दै शनिबार बोगटीले संविधान निर्माणको लागि संविधानसभा चुनावको विकल्प नभएको बताए । उनले चुनावको विरोधमा लागिरहेका दलहरूको पनि चुनावमा सहभागिताको विकल्प नभएकाले उनीहरू पनि सहभागी हुने दाबी गरे । अबको पहिलो काम चुनाव भएको उल्लेख गर्दै उनले झिनामसिना कुरामा अल्झिएर बखेडा झिक्नुभन्दा पनि चुनावलाई सफल बनाउन सबै दल एक हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया