५५ प्रहरी निरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान

nepal_policeकाठमाडौं, ३१ वैशाख । प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले हालै बढुवा भएका प्रहरी निरीक्षकहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आज (मंगलबार) आयोजित बिशेष समारोहमा महानिरीक्षक रानाले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । रानाले बढुवा भएका निरीक्षकहरुलाई सेवाकालमा आर्जन गरेका ज्ञान, सिप, कौशललाई अझै बढी परिष्कृत र विशिष्टिकृतका साथ प्रभावकारी ढंगबाट बहन गर्न निर्देशन दिए ।
पदोन्नती हुने ५५ जना मध्ये उपत्यका र उपत्यका आसपासका प्रहरी युनिटमा कार्यरत २५ जना निरीक्षकले मात्रै नक्सालमा दज्र्यानी चिन्ह पाएका हुन् । अन्यलाई क्षेत्रीय प्रहरी कार्यालयहरुमै दज्र्यानी चिन्ह प्रदान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले सचिवस्तरीय निर्णय गरेर वैशाख–२६ गते प्रहरी नायव निरीक्षक पदबाट ५५ जनालाई निरीक्षक पदमा पदोन्नती गरेको थियो ।

प्रतिक्रिया