कोशी नदीमा डूबेर तीन जना बेपत्ता

Sunsariसुनसरी, २६ वैशाख । सुनसरी जिल्लाको बराह क्षेत्रस्थित कोशी नदीमा बगेर तीन जना बेपत्ता भएका छन् ।
बिहीबार कोशी नदीमा नुहाउने क्रममा झापा जिल्ला घर भएका तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा झापा जिल्ला शान्तिगर–१ का ४० बर्षीय रमेश बास्कोटा, ३५ बर्षीय गोपाल बास्कोटा र काँकडभिट्टा का ५५ बर्षीय ज्ञाननाथ बास्कोट रहेका छन् ।
बेपत्ता उनीहरुको प्रहरी र स्थानीयले डुंगाको सहायताले खोजीकार्य गरी रहेको प्रहरी भनाई छ ।
यता, नवलपरासीमा नारायणी नदीमा एक जना बेपत्ता भएका छन् । प्रगतीनगर–३ का ४८ बर्षीय कृष्णबहादुर तामाङ बुधबार लोघाइघाटमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया