पुस्तकको बजारिया कमिसन रोक्न माग

काठमाडौं : पाठ्यपुस्तक लेखक संघले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यपुस्तकमा हुँदै आएको ‘बजारिया कमिसन’ तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
संघले सोमबार बजारिया कमिसन रोक्न माग गर्दै शिक्षा मन्त्रालयलाई २० सूत्रीय ज्ञापनपत्र बुझाएको छ । पाठ्यपुस्तक लेखकको मापदण्ड सरकारले निर्धारण नगरेका कारण समस्या परेको र गुणस्तरहीन पाठयपुस्तक लागू गर्न अस्वस्थ प्रतिस्पर्धा चलेको संघले जनाएको छ । निजी विद्यालय र उमाविमा फरक–फरक पाठ्यपुस्तक पढाइने गरेका कारण पनि समस्या आएको संघका उपाध्यक्ष सुरेन्द्र थापाले बताए । मन्त्रालयका निमित्त सचिव महाश्रम शर्माले सरकारले निर्धारण गरेअनुसारका पाठ्यपुस्तक प्रकाशन छन् वा छैनन् भनेर अनुगमन कार्यलाई तीव्रता दिइने बताए । (सौस)

प्रतिक्रिया