बेचिन लागेका दुई किशोरीको उद्धार

नुवाकोट : दलालहरूले बेच्न लैजाँदै गरेका शिखरवेसी गाविसका दुई किशोरीलाई स्थानीयबासीको सहयोगमा प्रहरीले उद्दार गरेको छ । शिखरवेसी गाविस वडा नं. ५ र ६ का १६ वर्षिया कुँवर र नेपाली थरका दुई किशोरीलाई गणेशस्थान गाविसको फेदीबँसीबाट उद्दार गरिएको हो ।
घ्याङफेदीका दुई दलालले किशोरीहरूलाई ललाइफकाई पैदल मार्गबाट ल्याइरहेको बेला उनीहरूको उद्दार गरिएको हो । युवतीहरूले फेदीबेसीमा आएर शंकास्पद कुराकानी गरेको थाहा पाएपछि स्थानीयबासीले प्रहरी र बेचविखनविरुद्ध क्रियाशील संघसंस्थालाई खबर गरेको कोसेली नेपालकी अध्यक्ष अस्मिता थापाले बताइन् । स्थानीयले प्रहरीलाई खबर गरेको थाहा पाएपछि दलाल भागेका थिए । दुवै युवतीलाई प्रहरीले अभिभावकको जिम्मा लगाएर पठाएको छ ।

प्रतिक्रिया