शिकार खेल्न गएका प्रमोद जंगलमा मृत फेला

saptariराजविराज, ४ वैसाख । उदयपुरको सुन्दरपुरबाट वैशाख–१ गते शिकार खेल्न निस्किएका एक युवक सप्तरीको धरमपुर जंगलमा मृत फेला परेका छन् ।
साथीसँग शिकार खेल्न भन्दै उदयपुर जिल्ला सुन्दरपुर–३ निवासी प्रमोद चौधरीलाई आज विहान मृत अवस्थामा फेलापारिएको प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
चुरे वन क्षेत्रमा भेटिएको चौधरी शवमा गोलीको छर्रा भेटिएको छ । सँगै शिकार खेल्न गएका दश/बाह्र जना युवा घर फर्किए पनि चौधरी फर्किएक थिएनन् ।
घटनाका विषयमा उदयपुर प्रहरीसँग समन्वय गरिएको नायव उपरीक्षक चौधरीले बताए । चौधरीलाई गोली हानेको आशंकामा प्रहरीले सुन्दरपुरका १७ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया