सिन्धुली, २८ चैत । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मंसिरमा चुनाव हुने दोहराएका छन् ।
प्रेस चौतारीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले असारमा चुनाव नभए मंसिरमा हुने उल्लेख गरे ।
‘एमाओवादीका नेताहरुबाट निर्वाचन विरुद्ध दिएका अभिव्यक्ति खेदजनक छन्,’ उनले भने, ‘त्यस्ता अभिव्यक्तिले राजनीतिक वातावरणलाई विथोल्छ ।’
नेता नेपालले कुनै पार्टी चुनाव विथोल्ने बाटोमा लाग्न नहुँने बताए । निर्वाचन निष्पक्ष र धाँदली रहित बनाउन सबैले सहयोग गर्नु पर्ने उनको भनाई थियो ।
नेता नेपालले एमाओवादीले विभिन्न बहाना वनाएर बखेडा गरेका कारण तोकिएको समयमा संविधान बन्न नसकेको बताए ।
‘एमाओवादीका कारण संविधान वनेन,’ उनले भने, ‘अब जनताहरुले भूलेर पनि एमाओवादीलाई भोट दिने छैनन् ।’
कांग्रेसलाई यथास्थितिवादीको आरोप लगाएका नेता नेपालले आगामी चुनावमा एमाले पहिलो पार्टी हुने दाबी गरे ।
प्रतिक्रिया