रौतहटमा एक ट्याक्टर काठ बरामद

Kath-Rautahatरौतहट, २६ चैत । रौतहट जिल्लामा सशस्त्र प्रहरीले आज बिहान अवैध रुपमा बनबाट ल्याउँदै गरिएको एक ट्याक्टर काठ पक्राउ गरेको छ ।
जंगलसहिया साझेदारी वनबाट अवैध रुपमा चोरी गरी लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले लक्ष्मीनिया गाविस वडा नम्वर ४ मा नम्बर प्लेट नभएको ट्रयाक्टर र काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
विहान करिव ३ बजे बनबाट झण्डै दुई सय बढि क्यूफिट सालको गोलिया काठलोड गरी गुड्दै गरेको ट्रयाक्टर गस्ती टोलीले बरामद गरेको हो ।
प्रहरीको गस्तीटोली देखे पछि तस्कर तथा चालक ट्रयाक्टर छाडेर भागेको सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले जानकारी दिए ।
नम्बर प्लेट झिकेर काठ तस्करीमा प्रयोग भएको ट्रयाक्टर धनीका बारेमा अनुसन्धान सुरु भएको उनले बताए । रौतहट जिल्लामा सरकारी वन र सामूदायिक बनबाट काठ अत्याधिक चोरी निकासी हुने गरेको बन कार्यालयको तथ्याङमा उल्लेख छ ।

प्रतिक्रिया