अध्यक्ष रेग्मी र कार्टरबीच भेटबार्ता

baluwatarकाठमाडौं, १७ चैत । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टबीच भेटबार्ता भएको छ ।
बालुवाटारमा आज भएको भेटबार्तामा संविधानसभाको दोस्रो निर्वाचन र तयारीका विषयमा कुराकानी भएको रेग्मीको निजी सचिवालयले जनाएको छ । कार्टरले निर्वाचनमा आवश्य पर्ने सहयोग गर्न आफू तयार रहेको आश्वासन समेत दिए ।
शुक्रबार काठमाडौं आएका कार्टरले राष्ट्रपति डा.रामवरण यादवसँग पनि भेटबार्ता गरेका थिए ।

प्रतिक्रिया