निर्वाचन आयोगमा पदाधिकारी नियुक्त

pfff

काठमाडौं, ११ चैत । राष्ट्रपति डा.रामवरण यादवले निर्वाचन आयोगमा प्रमुख आयुक्तसहितका चार आयुक्त नियुक्त गरेका छन् ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति डा.यादवले आज प्रमुख निर्वाचन आयुक्तमा निलकण्ठ उप्रेतीलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनीहरुलाई अन्तरिम संविधान अनुसार नियुक्त गरिएको जनाईएको छ ।
आयुक्तहरुमा अयोधीप्रसाद यादव, दोलखबहादुर गुरुङ, रामझक्त पीवी ठाकुर र इला शर्मा नियक्त भएका छन् । ठाकुर र शर्मा बाहेक सबै यस अघिको कार्यकालमा साथै रहेका थिए । राष्ट्रपतिले उप्रेती, यादव र गुरुङका नाममा प्रश्न उठाएका थिए ।

प्रतिक्रिया