दलहरुकाबीच धेरै कुरा मिलेका छन: खनाल

JN Khanalकाठमाडौं, २८ फागुन । एमालेका अध्यक्ष झलनाथ खनालले दलहरुका बीच धेरै विषयमा कुरा मिलिसकेको दाबी गरेका छन् ।
प्रेस चौतारीका नवनिर्वाचित पदाधिकारीलाई आज पार्टी मूख्यालय बल्खुमा सम्मानगर्दै खनालले दलहरुले एक–दुई दिनभित्रै चुनावी सरकारका बारेमा सहमति गर्ने बताए । ‘आजै साँझसम्म दलहरुका बीच धेरै विषयमा सहमति हुँन्छ,’ उनले भने ।
अध्यक्ष खनालले ‘निर्वाचन राजनीतिक निकासको एक मात्र विकल्प हो,’ उनले भने ।
मुलुकमा प्रेस स्वतन्त्रता खस्कँदै गएको खनालको भनाई छ । उनले भने, ‘शान्ति, लोकतन्त्र र राष्ट्रियताका लागि मिसन पत्रकारिता गर्नुपर्छ ।’

प्रतिक्रिया