हुँदैन भन्नेहरु लोकतन्त्र विरोधीः ओली

kp-olisवीरगञ्ज, १३ फगुन । एमाले नेता केपी ओलीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन विरोध गर्नेहरु लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन् ।
‘प्रधानन्यायाधीश प्रधानमन्त्री हुन सक्दैन भन्नेहरु स्वतन्त्र न्यायपालिका, बहुदलीय व्यवस्था र कानूनी शासनका विरोधी हुन्,’ उनले भने ।
वीरगञ्जमा आज आयोजित कार्यक्रममा उनले अब मुलुकमा धेरै दिन सङ्क्रमणकाललाई लम्ब्याउन नहुने बताए । उनले भने, ‘सकेसम्म जेठमा नभए कात्तिकको अन्तिम साता वा मङ्सिरको पहिलो सातासम्ममा चुनाव गर्नु पर्छ ।’
प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिनु सबैभन्दा उत्तम विकल्प हुने दोहराएका ओलीले विशेष परिस्थितिका कारण आफूहरुले चुनावी सरकारको नेतृत्व प्रधानन्यायाधीशलाई दिन खोजेको स्पष्ट पारे ।

प्रतिक्रिया