डाँकाका आक्रमणबाट २ जना घाईते

झापा, १ पुस । झापाको पाथीभारा–२ मा लुटपाट गर्न आएका लुटेराको समूहले सुतली बम पड्काउँनुका साथै आक्रमण गर्दा दुई जना घाईते भएका लगेका छन् ।
आज विहान करिव एक बजे हतियार सहित आएका ४०–५० जनाको अज्ञात समूहले स्थानीय कुश्पतलाल राजवंशीको घरबाट नगद लगायतका धनमालहरु लुटपाट गरेर लगेको प्रहरीले जनाएको छ । डाँकाले ३–४ वटा सुतली बम समेत पड्काएका थिए ।
डाँकाले नगद ६० हजार रुपियाँ, सुनको सिक्री २ थान, कानमा लगाउने सुनको झुम्का १ जोर, सुनको चुरा १ थान लुटेका छन् ।
डाँकाको आक्रमणबाट ५२ वर्षीय अमृत राजवंशी र धर्मेन्द्र राजवंशी घाईते भएका छन् । प्रतिकार गर्ने क्रममा डाँकाले उनीहरुलाई कुटपिट गरेका थिए ।

प्रतिक्रिया