राष्ट्रपतिलाई कारण देखाउ आदेश

काठमाडौं, ६ मंसिर । अध्यादेश रोकिएको सम्बन्धमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश सुशीला कार्कीको एकल ईजलासले राष्ट्रपति डा.रामवरण यादव विरुद्ध परेको रिटमा सो आदेश दिएको हो । १५ दिनभित्र लिखित जवाफ दिन पनि विपक्षीहरुका नाममा आदेश जारी भएको सर्वोच्चले जनाएको छ ।
रिटलाई सर्वोच्चले अग्राधिकार समेत दिएको छ । राष्ट्रपति डा.यादवले रोकेर राखेका विभिन्न अध्यादेश जारी गर्न आलटाल गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रतिक्रिया