खोजखबर

चिठीभित्र एसएलआरको गोली

सौर्य अनलाइन २०६९ असोज १४ गते १३:०० मा प्रकाशित

सुनसरी, १४ असोज । सुनसरी जिल्लामा प्रहरीले चिठीमा बन्दुकको गोली हालेर पठाएको अवस्थामा बरामद गरेको छ ।
सादवेला–२ बस्ने चन्द्रलाल चौधरीको गाईगोठमा शनिबार राति चिठी र गोली फेला परिएको प्रहरीले जनाएको छ । चिठीमा गोली कस्ले र किन पठाएको भन्ने विषयमा खुल्न सकेको छैन ।
चिठीको खाममा पठाउने नेकपा–माओवादी र पाउनेमा चन्दु लेखिएको प्रहरीले जनाएको छ । पत्रमा एसएलआरको गोली १ राउण्ड बरामद भएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय