कलाकर्मी तथा पत्रकार सम्मानित

काठमाडौं : ९९औँ बिपीजयन्तीका अवसरमा आइतबार राजधानीमा दर्जनौँ कलाकर्मी तथा रंगपत्रकार सम्मानित भएका छन् । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल सांस्कृतिक संघले विभिन्न विधाका कलाकर्मी तथा पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा अभिनेता–अभिनेत्रीहरू कृष्ण मल्ल, झरना थापा, सुनील थापा, दीपकराज गिरी, जितु नेपाल, आयुष रिजाल, दीलिप रायमाझी, मदनदास श्रेष्ठ, झरना वज्राचार्य, गरिमा पन्त, आरपी पन्त, निर्माता संघका अध्यक्ष राजकुमार राई, द्वन्द्वनिर्देशक एनबी महर्जन, नृत्यनिर्देशक राजु शाहलगायत छन् । त्यसैगरी, पत्रकारितातर्फबाट नेपाल चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्ति प्रिय, महासचिव लक्षण सुवेदी, नवराज लम्साल, फोटोग्राफर राजेन्द्र चित्रकार, दिवाकर मैनाली, नरेश भट्टराई, ऋषि धमलालगायत सम्मानित भए ।
संगीतक्षेत्रबाट सम्मानित हुनेमा शम्भुजित बासकोटा, भूपेन्द्र रायमाझी, सुदेशराज शर्मा, शान्तिराम राई, सुबोधकुमार देवकोटा, डा. केदारनरसिंह केसी, रामकृष्ण ढकाल, बाबुराम दाहाल, दुर्गा रायमाझी, कृष्णसुधा ढुंगाना, दीपक खड्का, निशा सुनार र प्रचण्ड जिसी सम्मानित भए ।
त्यसैगरी रंगकर्मीहरू अशेष
मल्ल, प्रभाकर शर्मा, शैलेन्द्र सिंखडा, अनुप बराल, निशा शर्मा पोखरेल, नृत्यविधाबाट उदीराम खड्का र अर्जुन बिसीलाई सम्मान प्रदान गरियो ।
समाजसेवा, पर्यटन, साहित्यलगायत अन्य विधामा पनि सम्मान गरिएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति
सुशील कोइराला, नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, नेत्री सुजाता कोइराला लगायतले सम्मान प्रदान गरेका थिए । (अन्जु लामा, प्रशिक्षर्थी)

प्रतिक्रिया