मिस दाङको ताज विद्यालाई

दाङ, भदौ ३० । प्रथम मिस दाङ–२०१२ को ताज वीस वर्षीया विद्या गुरुङले हात पारेकी छन् ।
शुक्रबार राति सम्पन्न मिस दाङको फाइनलमा १८ प्रतिस्पर्धालाई उछिनेर गुरुङले ताज पहिरिएकी हुन् । घोराही–११, भरतपुर निवासी गुरुङलाई ‘दोस्रो लिटिल मिस वल्र्ड दाङ–२०१२’ की विजेता आयुष्मा हमालले ताज पहिराईन ।
उनी घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजकी बिबिए चौथो सेमेष्टरकी विद्यार्थी पनि हुन् ।
प्रतियोगिताको फस्ट रनरअपको उपाधी घोराही–११ की २१ वर्षीया कल्पना बुढामगर हातपारिन । बुढामगर महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा व्यवस्थापनमा स्नातक अध्ययन गर्दै छिन् ।
सेकेण्ड रनरअपको ताज घोहारी–१० नयाँ वजारकी १६ वर्षीया समीक्षा खनालले जितेकी छन् । खनाल दाङ भ्याली उच्च माविमा कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययनरत छिन् ।
मिस दाङ विजेता गुरुङले आयोजक संस्था पेज–३ इन्टरटेनमेन्टका तर्फबाट नगद १५ हजार रुपियाँ र बंगलामुखी सप्लायर्सका तर्फबाट जिफाइभ मोवाइल सेट पुरस्कार पाएकी छन् ।
फस्टरनरअप बुढामगरले नगद १० हजार रुपियाँ र मोवाइल सेट तथा सेकेण्ड रनरअप खनालले नगद ५ हजार नगद सहित डिसहोमको छाता प्राप्त गरेकी छन् ।
मिस दाङ–२०१२ मा झरना न्यौपाने, नीलम सोनी, अनिता बुढाथोकी, रोशनी घर्तीमगर, रञ्जिता खड्का, जुनु बस्नेत, गिलिसा पुनमगर, सरला श्रेष्ठ, अस्मिता लामिछाने, सुष्मा श्रेष्ठ, रेश्मा श्रेष्ठ, सविना शर्मा, अञ्जु डाँगी, संयुक्ता श्रेष्ठ, एलिसा राना, सीतल शेरपाइलीको सहभागिता रहेको थियो ।
कार्यक्रममा हाँस्यकलाकार कमल गाउँलेसहितका कलाकारले आ–आफ्ना प्रस्तुती देखाएका थिए ।

प्रतिक्रिया