लिटरेचर फेस्टीवल हुँदै

काठमाडौं : साहित्य अनुरागीका लागि विशेष पर्वका रूपमा एनसेल लिटरेचर फेस्टिबल सन् २०१२ हुने भएको छ । असोज ४ देखि ७ गतेसम्म राजधानीका नेपाल प्रज्ञा प्रतिष्ठानमा फेस्टिबल चल्ने बताइएको छ ।
नेपालभित्र र बाहिरका गरेर एक सयभन्दा बढी चर्चित लेखकलाई फेस्टिबलमा भेट्न पाइने आयोजक द बुकवर्म ट्रस्टले दाबी गरेको छ । फेस्टिबल अवधिभर विभिन्न सत्रमा साहित्यका विविध पाटोमा छलफल, बहस, पुस्तक लोकार्पण तथा हस्ताक्षर क्रम चलाइने बताइएको छ ।
निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले प्रायोजन गरेको फेस्टिबल गत वर्षदेखि प्रत्येक वर्ष गरिँदै आइएको छ । साहित्य देशको सम्पत्ति भएकाले त्यसलाई प्रवद्र्धन गर्न आफूहरूले योगदान गरेको एनसेलकी प्रतिनिधि सञ्जु कोइरालाले बताइन् । (सौस)

प्रतिक्रिया