रंग‍-विविध

एक दिनको एक करोड

सौर्य अनलाइन २०६९ भदौ २८ गते ०:५६ मा प्रकाशित


मुम्बई : बलिउड अभिनेत्री माधुरी दीक्षितको एक दिनको भाउ एक करोड पुगेको छ । यो एक करोड उनले कुनै चलचित्र वा विज्ञापनमा अभिनय गरेबापत मागेकी होइनन् । कलर्स टेलिभिजनबाट प्रसारण हुँदै आएको डान्स रियालिटी सोको झलक दिखलाजामा निर्णायक बनेबापत उनले एक दिनको एक करोड मागेकी हुन् ।
च्यानल उनको यो डिमान्ड पूरा गर्न तयार भएको एजेन्सीले बताएको छ । यो रियालिटी सो हप्ताको दुई दिन प्रसारण हुन्छ । कुशल अभिनयका साथै उत्कृष्ट नृत्य गर्न सक्ने क्षमताका कारण कुनै समय बलिउडकी नम्बर १ नायिका रहेकी माधुरी बिहेपछि चलचित्रबाट टाढिएकी हुन् । पछिल्लोपटक उनले ५ वर्षअघि आजा नाचले चलचित्रमा अभिनय गरेकी थिइन् । यसै रियालटी सोको अघिल्लो संस्करणमा समेत निणार्यक
बनेकी माधुरीले त्यसपटक भने यति धेरै रकम लिएकी थिइनन् । (एजेन्सी)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय