निराश हुँदै फर्किए राजेश

दाङ, २६ भदौ । कलर्स मोबाइलको प्रचार गर्न महानायक राजेश हमाल सोमबार दाङ आइपुगे । तर, आयोजकको दुव्र्यवहारका कारण पत्रकारहरूले कार्यक्रम बहिष्कार गरिदिएपछि माहोल केही खल्लो हुन पुग्यो । योजनामुताविकका कार्यक्रम नगरीकनै राजेश निरास भएर फर्किए ।

कलर्स मोबाइलका सद्भावनादूतसमेत रहेका हमालले मोबाइलको उद्घाटन त गरे तर पत्रकारसँग भेटघाट भने हुन पाएन । कलर्स मोबाइलको काठमाडौंस्थित कार्यालयले जिल्लाका पत्रकारहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको थियो । निम्तो स्वीकार गर्दै कार्यक्रममा पुगेका पत्रकारलाई आयोजक तर्फका एक व्यक्तिले अभद्र व्यवहार गरेपछि माहोल बिग्रियो । विरोधमा सम्पूर्ण पत्रकारले कार्यक्रम बहिष्कार गरे । नायक हमाल पत्रकारसँग भेटघाटका लागि कार्यकक्षमा प्रवेश गरेलगत्तै पत्रकारहरू बाहिरिएका थिए ।
मोबाइलको उद्घाटनपछि राजेशले जिल्लाका पत्रकारसाग भेटघाट गर्ने कार्यक्रम थियो । घोराही बजारको मुख्य चोकमा रोड सो गरेपछि सोमबारको रात घोराहीमै बिताउने र मंगलबार दिनभर लमही बजारमा मोबाइल प्रचारको कार्यक्रममा खट्ने योजना उनको थियो ।
तर, आयोजकको दुव्र्यवहारका कारण सम्पूर्ण सञ्चारकर्मीले पत्रकार भेटघाट कार्यक्रम बहिष्कार गरेपछि नायक हमाल रोड सो पनि नगरी निरास हुँदै नेपालगन्ज फर्किए ।
यता कलर्स मोबाइलले राजेश हमाल दाङ आउनु एक दिनअघिदेखि नै कार्यक्रमको सुरुआत गरिसकेको थियो । विभिन्न विद्यालयमा पुगेर प्रतिभामूलक प्रतियोगिता सञ्चालन गरिरहेको थियो ।

प्रतिक्रिया