दलहरु नमिले उपलब्ध गुम्छः राष्ट्रपति

काठमाडौं, २५ भदौ । राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दलहरू बीचको एकता नहुँदा विगतमा भएका जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्ने चेतावनी दिएका छन् ।
बिपी सङ्ग्रहालय सुन्दरीजलमा आज आयोजित कार्यक्रममा उनले कांग्रेसका तत्कालीन नेताहरू मातृकाप्रसाद कोइराला र बिपी कोइरालाबीच मतभेद हुँदा २०१७ सालमा शाही ‘कु’ भएको बताए । उनले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि कांग्रेस र एमालेबीच एकता हुन नसक्दा प्रजातन्त्र पुनः खोसिएको प्रसङ्ग उल्लेख गरे ।
राष्ट्रपतिले दोस्रो जनआन्दोलनको उपलब्धि गणतन्त्रलाई गुम्न नदिन एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चालगायतका पार्टीहरूबीच सहमति, सहकार्यको खाँचो रहेको बताए ।

प्रतिक्रिया