सभापतिहरुको भेलाको तयारी पुरा

काठमाडौं, १२ साउन । विपक्षी दल कांग्रेसले सिन्धुपाल्चोकमा गर्न लागेको जिल्ला सभापतिहरुको भेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, सांगठनिक सुदृढिकरणलगायतका बारेमा छलफल एवं रणनीति बनाउन कांग्रेसले सिन्धुपाल्चोकमा साउन–१५ र १६ गते ७५ वटै जिल्लाका सभापतिहरुको भेला बोलाएको छ । भेलामा संविधानसभा विघटन र नयाँ निर्वाचनका बारेमा समेत छलफल हुने छ ।
भोलाका बारेमा जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सिन्धुपाल्चोक कांग्रेसका सभापति मोहनबहादुर बस्नेतले भेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
सोमबारबाट सुरु हुने भेलामा काठमाडौंको कोटेश्वरबाट सिन्धुपाल्चोकसम्म मोटरसाईकल र्‍याली आयोजना गरिने बस्नेतले बताए ।
कांग्रेसले गत बर्षदेखि जिल्ला सभापतिहरुको भेला आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया