पूर्णवजेटका लागि राष्ट्रिय सहमतिः खनाल

काठमाडौं, १० असार । एमाले अध्यक्ष झलनाथ खनालले वर्तमान कामचलाउ सरकारले ल्याउने पूर्णवजेट आफूहरुलाई मान्य नहुने बताएका छन् ।
नेपाल चम्बर अफ् कमर्सका पदाधिकारीसँग आफ्नै निवास डल्लुमा आज भएको भेटका क्रममा उनले पूर्णवजेटका लागि राजनीतिक सहमति आवश्यक रहेको बताए । ‘कामचलाउ सरकाको पूर्ण वजेट एमालेलाई मान्य हुँदैन,’ उनले भने, ‘राष्ट्रिय सहमतिबाटै बजेट ल्याउनुपर्छ ।’
अध्यक्ष खनालले सहमतिको पूर्णबजेटका लागि उद्योगी व्यवसायीले पनि दबाव सृजना गर्नुपर्ने सुझाव दिएका छन् ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै चेम्बर अफ् कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेतले सहमतिबाटै वजेट ल्याउने वातावरण निर्माण गर्न खनालसँग आग्रह गरिएको बताए ।
सरकारले पूर्णवजेट ल्याउने तयारी गरिरहेका समयमा चेम्बर अफ् कमर्सका पदाधिकारीले खनालसँग परामर्श गरेका हुन् । कांग्रेस, एमाले लगायतका विपक्षी दलहरुले वर्तमान सरकारलाई पूर्णवजेट ल्याउने अधिकार नरहेको भन्दै विरोध जनाई रहेका छन् ।

प्रतिक्रिया