प्रधानमन्त्री विदेश प्रस्थान

काठमाडौं, ४ असार । विपक्षी दलका समर्थकहरुको प्रदर्शन र विरोधको वेवास्ता गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिल प्रस्थान गरेका छन् ।
भट्टराई अपरान्ह करिव चार बजेको उडानबाट ब्राजिल तर्फ प्रस्थान गरेका हुन् । उनी जम्बो टोलीको नेतृत्व गर्दै त्यस तर्फ लागेका हुन् ।
प्रधानमन्त्री ब्राजिल प्रस्थान गर्नु अघि त्रिभुवन विमान स्थल बाहिरको अवस्था केही समय तनापूर्ण बनेको थियो ।
नारावाजी सहित प्रदर्शनमा उत्रिएका विपक्षी दलहरुका समर्थकले भट्टराई विरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनमा उत्रिएका प्रहरी र प्रदर्शनकारी केही समय वीच तनाव समेत भएको थियो ।
प्रदर्शनकारीले परराष्ट्र मन्त्रालयको बा. १ झ ५४५३ तथा गृहको बा. १ झ ७९६९ नम्बरको गाडीमा ढुंगा हानेर क्षति समेत पुराई दिएका थिए ।

प्रतिक्रिया