सन्तान अनुकुल नहुँदा आमाको हत्या

हेटौंडा, २ साउन । आफू अनुकुलको सन्तान उत्पादन नहुने भएपछि एककृत माओवादीले आमाको हत्या गरेको आरोप एमाले सचिब शंकर पोखरेलले लगाएका छन् ।
हेटौंडामा आज एमालेले नगर कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले संबिधानसभाको जन्मदाता ठान्ने एमाओवादीले आफू अनुकुको संबिधान आउने सम्भावना नदेखेपछि संबिधानको हत्या गरेको दावी गरे ।
प्रधानमन्त्री बाबुराम भट्टराईले चुनावको घोषणा गर्नु मुख्र्याई मात्र भएको भन्दै सचिब पोखरेलले भने, ‘नेपालमा जस्तो संबिधानसभा भङग गरि निर्वाचनको घोषणा गर्ने परम्परा विश्वमा कतै छैन ।’
संक्रमणकालको मौका छोपेर कार्यकारी प्रधानमन्त्रीको फुर्ती देखाउन एमाओवादी र प्रधानमन्त्री भट्टराई मिलेर संविधानसभा भङग गरेको उनको आरोप थियो । उनले भने, ‘फुर्ती लगाउदै हिडेका प्रधानमन्त्री भट्टराई राष्ट्रपतिको एक पत्र पछि लल्याकलुलुक्क परेका छन् ।’

प्रतिक्रिया