एमालेको राष्ट्रिय भेला असारमा

काठमाडौं, २७ जेठ । एमालेले असारको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको केन्द्रीय कमिटी बैठकले असार ४ र ५ गते भेला बोलाउने निर्णय गरेको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको थियो ।
आदिवासी जनजाति नेताहरुले पार्टीले आफूहरुका मागलाई सम्बोधन नगरेको आरोप लगाए पछि एमालेले आन्तरिक छलफल गर्दै आएको थियो । भेलाबाट असन्तुष्ट जनजाति नेताहरुका मागलाई सम्बोधन गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया