नयाँ निर्वाचन हुँदैनः सचिव गजुरेल

विराटनगर, २७ जेठ । एकीकृत माओवादीका सचिव सिपी गजुरेलले वर्तमान सरकारले घोषणा गरेको निर्वाचन कुनै हालतमा हुन नसक्ने दाबी गरेका छन् ।
विराटनगरमा आज आयोजित पत्रकार भेटघाट क्रार्यक्रममा गजुरेलले संविधान सभावाट संविधान वनाउन नसक्नेले पुनः संविधान सभाको निर्वाचन सम्पन्न गराउछु भन्नु हास्यास्पद रहेको टिप्पणी गरे । ‘नयाँ निर्वाचन दलहरुलाई मान्य छैन,’ उनले भने, ‘बाबुराम भट्टराई र मधेसी मोर्चाका केही नेताले मात्रै निर्वाचन चाहेर हुँदैन ।’
संविधानसभाका नाममा ९ अर्व रुपियाँको ऋण वोकेर फेरि पनि निर्वाचनको वहाना गर्नु उचित नहुने बताएका सचिव गजुरेलले भने, ‘नयाँ निर्वाचन भनेको थप ९ अर्व रुपियाँ रित्याउनु वाहेक कुनै उपलव्धी हुन सक्दैन ।’
निर्वाचनका लागि अन्तरिम संविधान संशोधन गर्नु अनिर्वाय रहेको बताएका उनले यथास्थितिमा नयाँ निर्वाचन असंभव रहेको उल्लेख गरे ।
अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभावाट नयाँ संविधान दिन नसकेको आरोप लगाउदै सचिव गजुरेलले इतिहाँसमै उनीहरु कलंकित भएको बताए ।
‘बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहालले देशलाई नयाँ संविधान दिन सक्दैनन्,’ उनले भने, ‘अधुरो सेना समायोजन गराउने वित्तिकै शान्ति प्रकृया टुंगोमा पनि पुग्न सक्दैन ।’
विघठित संविधानसभा व्युतिने कुनै संभावना नरहेको बताएका उनले भने, ‘अब सवै सरोकारवालाहरुसँग गोलमेच गरेर नयाँ प्रधानमन्त्री चुन्ने र संविधानको दस्तावेज वनाउनु नै उत्तम हुँन्छ ।’
असार–१ गतेको राष्ट्रिय भेला मुलुकलाई नयाँ दिशा दिनका लागि वोलाएको बताउदै सचिव गजुरेलले भेला पछि नयाँ नामको माओवादी पार्टी घोषणा हुने संभावना धेरै रहेको वताए ।

प्रतिक्रिया