म एमालेमा बस्दिनः नेता सुव्वा

काठमाडौं, १७ जेठ । एमाले पोलिटब्युरो सदस्य विजय सुब्बाले आजदेखि पार्टी नबस्ने घोषणा गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर सुव्वाले एमालेलाई संघीयता विरोधीको संज्ञा दिदै पार्टी छाडेको निर्णय गरेको बताए ।
‘संघीयतामाथि घात–प्रतिघात गर्ने पार्टी एमालेमा म बसिरहनुको औचित्य छैन,’ नेता सुव्वाले भने, ‘म बस्दिन पनि जनताले चुनावमा भोट माग्न जाँदा त्यस्ता नेताहरुको गालामा थप्पड हान्छन् ।’
‘संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले समयमै संविधानसभाको बैठक बोलाई दिएको भए यस्तो अवस्था आउने थिएन,’ उनले भने, ‘नेम्वाङपनि संघीयता विरोधीसँग साँठगाँठ गरेका छन् ।’

प्रतिक्रिया